‘भीपीएन’को प्रयोगले इन्टरनेट ठप्प हुने अवस्थामा

न्युजलय २३ भदौ २०८२, सोमबार ०४:५६ मा प्रकाशित

काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण सामाजिक सञ्जालमा चासो राख्ने जमात बढेपछि नेपालको इन्टरनेट धराशायी भएको छ । 

सामाजिक सञ्जाल निष्क्रिय भएको अवस्थामा भीपीएन र डीएनएसको प्रयोग गरिँदा इन्टरनेट ब्यान्डविथमा ठूलो चाप परेको हो ।

सोही कारण नेपाली वेबसाइट र इन्टरनेट सेवा निकै सुस्त भएको इन्टरनेट सेवा प्रदायक एसोसिएसनले जनाएको छ । 

नेपालमा दैनिक औसत दुई टेराबाइट इन्टरनेट ब्यान्डविथ खपत हुने गरेको छ । यति बेला त्यसको ४० प्रतिशतभन्दा बढी ब्यान्डविथ खर्च भइसकेको बताइएको छ ।