काठमाण्डौ । बिहीबार(आज) सेयर बजार बढेको छ। केही समय यता लगातार ओरालो लागेको नेप्से आज बढेको हो।
आज सेयर बजारको परिसूचक ३५.६६ अंकले बढेर २,४६४.३१ पुगेको हो।
दिनभर जम्मा २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ सेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ ५३ पैसाको कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा बढी हो।
कारोबार भएका कुल कम्पनीमध्ये १७४ कम्पनीको मूल्य बढेको छ भने जम्मा १७ कम्पनीको मूल्य घटेको छ। बाँकी ४ कम्पनीको मूल्य स्थिर छ।