उर्लाबारी आगलागी घटनाका घाइतेको उपचारका लागि अमेरिकाबाट डाक्टर ल्याइँदै

न्युजलय ३१ कार्तिक २०८०, शुक्रबार ०२:५६ मा प्रकाशित

काठमाडौं । मोरङको उर्लाबारीमा आगलागी हुँदा गम्भीर घाइते भएकाहरुको उपचारको लागि अमेरिकाबाट चिकित्सक ल्याउन लागिएको छ ।

८ जनामध्ये पनि ६ जनाको अवस्था अत्यन्त गम्भीर रहेको किर्तिपुर अस्पतालले जनाएको छ ।

मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया सुरु गरिएको बताए । उनले आईतबारसम्म चिकित्सक आइसक्ने  र थप उपचार थाल्ने जानकारी गराए । 

गएको कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं लगिएको थियो ।

काठमाडौ लगिएका उर्लाबारी आगलागी घटनाका २५ घाइतेमध्ये ८ गम्भीर

मध्यरातमा मोरङको उर्लाबारीमा आगलागी, प्रहरीसहित कम्तिमा २० जना घाइते