धनकुटामा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा दुई जना पक्राउ

न्युजलय १८ कार्तिक २०८०, शनिवार ०६:५३ मा प्रकाशित

धनकुटा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल रहेका छन् । ती बालिकाको घरमा कोही नभएको अवस्थामा उनीहरूले सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।