२०७८ साल कार्तिक ७ गते अाईतबार

सोलुखुम्बुको पत्तालेबाट रेडियो नेपालको परीक्षण प्रसारण

न्युजलय २६ असोज २०७८, मङ्गलबार ११:२९ मा प्रकाशित

काठमाडौं । रेडियो नेपालले सोलुखुम्बुको पत्तालेबाट परीक्षण प्रसारण शुरु गरेको छ । यससँगै प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, रामेछाप, सिन्धुली, उदयपुर लगायतका जिल्लामा सेवा विस्तार भएको रेडियो नेपालले जनाएको छ ।

एफएम ब्याण्डको ९८ मेगाहर्जबाट रेडियो नेपालको प्रसारण पत्तालेमा सुरु भएसँगै ती जिल्लामा अब रेडियो नेपाल प्रस्टसँग सुन्न सकिने छ ।

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल), नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको छ । तीनवटा प्रसारण केन्द्रसहित हाल ७ वटै प्रदेशमा प्रादेशिक प्रसारण कार्यालय र मुलुकका विभिन्न २५ स्थानमा एफएम रिले स्टेशनको माध्यमबाट रेडियो नेपालले देशभरि प्रसारण सेवा विस्तार गरिसकेको छ ।