सुनसरीमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन

न्युजलय २५ असोज २०७८, सोमबार ११:२१ मा प्रकाशित

इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले सुनसरीमा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्य कमिटी बनाएको छ ।

नवगठित कमिटीको उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिव बसन्त सुवेदी, उपसचिव राजेश भण्डारी छन् । कमिटीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चीत गरिएको बताइएको छ ।

कार्यक्रममा नेकपा एसका उपाध्यक्ष तथा प्रदेश एक इन्चार्ज धनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रिय सदस्य केशव विष्ट, समाजवादी प्रेस संगठनका केन्द्रिय सहसंयोजक विश्वमणी सुवेदी, समाजवादी प्रेस संगठनका राजकुमार कार्की, केन्द्रिय सदस्य आन्नद श्रेष्ठ, शशी कोइराला, पिवी दियाली, नेपाल पत्रकार महासंधका सुनसरी सहसचिव भोला श्रेष्ठ, नेकपा एसका प्रदेश सदस्यहरु लक्ष्मण चौधरी, दुर्गा कन्दङवा, दुर्गा बुढाथोकी, ब्रह्मदेव यादव, कुशेश्वर खेरवारलगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रेस सेन्टरका मुस्ताक आलमले सो संगठन परित्याग गरि समाजवादी प्रेस संगठनमा प्रवेश गरेका छन् ।