सेयर बजारमा सामान्य अंकले सुधार

न्युजलय २० मङ्सिर २०८०, बुधबार ०९:१७ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक बुधबार ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा कायम भएको हो। यसअघि मंगलबार नेप्से परिसूचक १०.१० अंकले गिरावट आएको  थियो।

नेप्से बढेको दिन २९३ स्क्रिप्टको ३४ हजार ९७१ पटकको कारोबारमार्फत् १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँको कारोबार भएको छ।

यसदिन ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता सर्वाधिक कमाए। सो कम्पनीको मूल्य १० प्रतिशतले बढ्दा विजय लघुवित्त वित्तीय संस्थाको ८.०७ प्रतिशत,मन्दाकिनी हाइड्रोपावरको ७.८७, मोलुंग हाइड्रोपावरको ७.८३ र गणपति लघुवित्त वित्तीय संस्थाको  ७.७६ प्रतिशतले बढ्यो।