इटहरी । इटहरी उपमहानगरपालिका–९ साथी पेट्रोलपम्प नजिक भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ ।
बुधवार बेलुका इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को २ च ८६३ नम्बरको स्कारपियोले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट विराटनगर–१२ घर भई इटहरीस्थित भवानी प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका ४० वर्षीय अच्युतप्रसाद बरालको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनीलाई इटहरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न स्कारपियो र चालक मोरङ सुन्दरहरैंचा–८ निवासी २२ वर्षीय संजय सग्रौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।