इरानको जेलबाट छुटेपछि ५ नेपाली नेपाल आइपुगे

न्युजलय १० साउन २०८२, शुक्रबार ०१:०८ मा प्रकाशित

काठमाडौँ । इरानको जेलबाट रिहा भएका पाँच नेपालीलाई सरकारले नेपाल ल्याएको छ। 

परराष्ट्र मन्त्रालयले आज दिएको जानकारीअनुसार इरानको जेलमा रहेका ५ नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्न आदेश दिएपछि बिहीबार काठमाडौँ ल्याइएको हो। 

तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को सहयोगमा उनीहरूलाई स्वदेश ल्याइएको मन्त्रालयले जनाएको छ। 

तर परराष्ट्र मन्त्रालयले उनीहरूको नाम सार्वजनिक गरेको छैन।