काठमाडाँै । आइतबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ ।
यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो । आज नेप्से ९४.५३ अकंले बढेर २८६०.९१ बिन्दुमा कायम भएको छ ।
आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५२ करोडको सेयर कारोबार भएको हो । शिवम् सिमेन्टको १ अर्ब १६ करोडको सेयर कारोबार भएको छ । निफ्राको ६८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।