विराटनगर । सुनसरीमा १४ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना सङ्क्रमण भएको छ ।
५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १४, झापामा ३७, मोरङमा ३१, इलाममा ४, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै सुनसरीको इटहरी ५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ ।