सेयर बजारमा झिनो सुधार

न्युजलय ३ असार २०८३, बुधबार ०४:३५ मा प्रकाशित

काठमाडौँ । नेप्से परिसूचक बुधबार झिनो अङ्कले उकालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक ०.०८ अङ्कले उकालो लागेर २,७०५.५३ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२० अङ्कले घटेर ४६४.४३ मा सीमित भएको छ। 

आज बजारमा कुल ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैयाँ मूल्यमा कारोबार भएको छ।