विराटनगर । जिल्ला क्रिकेट संघ मोरङमा नयाँ नेतृत्व चयन गरिएको छ। मोहम्मद साद बाबु संघको जिल्ला अध्यक्ष बनेका छन्। सर्वसम्मत अध्यक्ष चुनिएका उनी युथ क्रिकेट क्लब (वाईसीसी) का पूर्वखेलाडी हुन्।
बाबु तत्कालीन समयमा तीव्र गतिका बलर थिए। संघको बिहीबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र कोषाध्यक्षमा रश्मि शर्मा चौलागाईं चयन भएका छन्। चौलागाईं पूर्वअन्तर्राष्ट्रिय खेलाडी हुन्।
पदाधिकारी सर्वसम्मत चयन भए पनि सदस्यतर्फ भने निर्वाचन भएको छ।
मोरङमा क्रिकेट संघ २०५३ सालमा स्थापना भएको थियो। संघको संस्थापक अध्यक्ष स्वः नरेश श्रेष्ठ हुन्।