दशैं नजिकिँदै गर्दा सेयर बजार हरियो, बिक्रि भने बढ्न सकेन

न्युजलय ३१ असोज २०८०, बुधबार ०९:५४ मा प्रकाशित

काठमाडौं । दशैंको मुखमा सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार सूचक बुधबार ४३.२७ अंकले बढेर १९०७.८९ को विन्दुमा पुगेको छ ।

चालु आर्थिक वर्षको सुरुवातबाट लगातार बढेको ब्याजदर कात्तिक १ गतेबाट लागू हुनेगरी घटाइएसँगै शेयरमा लगानी बढेको हो । जसले गर्दा व्यापार ह्वात्तै बढेको छ ।

सेयर बेचेको रकम दसैंअघि नपाउने भएकाले बिक्री चाप भने घटेको छ। बुधबार जम्मा ९३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।