काठमाडौं । आज नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ ।
आज केबिएल डिबेञ्चरका इकाईधनी र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् ।
माईखोला हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ७।८७ प्रतिशतका दरले गुमाए ।