काठमाण्डौ । चलचित्र चपली हाइट ३ को ट्रेलर सार्वजनिक भएको छ।
पुस २ गते सार्वजनिक हुने चलचित्रमा स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, सुपुष्पा भट्ट, अर्पण थापा, अमिर गौतम, महेश त्रिपाठी, जीवन भट्टराई, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ।
‘चपली हाइट’ शृंखलाका रुपमा बन्ने यो फिल्म हिन्दी भाषामा पनि सार्वजनिक हुनेछ। निर्माता अर्जुनका अनुसार यसको डबिङको काम भारतमा हुँदैछ। अघिल्ला दुई श्रृखंलालाई दीपेन्द्र के खनालले निर्देशन गरेका थिए।