सन्दीप विनै एसिया कपमा नेपाल

न्युजलय ५ भदौ २०८०, मङ्गलबार ११:४९ मा प्रकाशित

काठमाडौँ । नेपाली टिमले सन्दीप लामिछानेविनै एसिया कप क्रिकेट खेल्ने भएको छ । एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले यस्तो जानकारी दिएको हो ।


यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदै छ । लामिछाने मुद्दाका कारण मंगलबार नजाने क्यानले जनाएको छ ।