इटहरी । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका नेकपा एसका नेता राजेन्द्र राई रक्सी पार्टीमा देखिएका छन् । उनले स्याम्पियनको बोतल फोडेको र केक काटेको भिडियो भाइरल भएको छ ।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राई यस्तो पार्टीमा सहभागि भएका हुन् । पार्टी उनी आफैले दिएका हुन् कि अरु कसैले उनको लागि व्यवस्थापन गरिदिएका हुन् भन्ने बारे खुलेको छैन । तर इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रममा उनी आफ्नी श्रीमती र केही व्यापारीहरुसँग रमाइरहेका देखिन्छन् ।
उक्त भिडियोमा मुख्य मन्त्री बन्न लागेका राईले नै यो विषय सार्वजनिक नगर्नु समेत भन्न भ्याएका छन् । तर कसैले लाइभ गरिरहेको भिडियो छिनमै भाइरल भएको थियो ।
केही दिनअघि नै पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेताहरुलाई होटलमा बसेर रक्सी नखान मौखिक निर्देशन दिएका थिए ।