काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा कायम भएको हो।
सेन्सेटिभ इण्डेक्स ०.९१ अंकले घटेर ३५५.६६ विन्दुमा अडिएको छ। आज ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम आइतबारको तुलनामा कम हो। आइतबार ३ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।
सामान्य अंकले गिरावट आएको बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।