काठमाडौँ । आज नेप्से ५.४९ अंकले घटेर २६४१ बिन्दुमा झरेको छ।
आज बजारमा कुल ३११ कम्पनीको १ करोड ७१ लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९१ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
युनिभर्सल पावर कम्पनीको ६४ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ४९ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।