काठमाडौँ । नेपालमा आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ सय ४५ पिसिआर परिक्षणका क्रममा ४९ जना र ८ सय ६ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमीत निको भएका छन् । २ सय २७ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।