काठमाण्डौ । बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन्।
उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन्। दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा विवाह गरेका हुन्।
कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन्। अर्जुन मौलीको प्रि–वेडिङ सेरेमोनीदेखि नै गोवामा छन्।
कोभिड–१९ का कारण सीमित मानिसहरुबीच बिहे सम्पन्न गरिएको छ। आज साँझ पनि उनीहरुको बंगाली रितीरिवाजका साथ बिहे हुने बताइएको छ।
सुरज र मौनी लामो समयदेखि प्रेमसम्बन्धमा थिए। कर्नाटक स्थायी घर भएका सूरज दुबईमा इन्भेस्टमेन्ट बैंकरका साथै सिभिल इन्जिनियर पनि हुन्। उनीहरुको रिसेप्सन पार्टी भने मुम्बईमा हुने बताइएको छ।