विराटनगर । उदयपुर, मोरङ र झापाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१० का ३५ वर्षीय पेशल घिमिरे, त्रियुगा नगरपालिका–१२ का २१ वर्षीय विष्णु साह, सुनसरी दुहबी नगरपालिका– ३ का २३ वर्षीय शिवा चौधरी र झापा अर्जुनधारा नगरपालिका ६ का ३४ वर्षीय सुवास खवास रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले त्रियुगा नगरपालिका–११ बैंकलाइनबाट घिमिरे र साहलाई लागूऔषध नाईट्राभेट २ सय २५ ट्याब्लेट र एक सय ग्राम गाँजासहित पक्राउ गरेको हो ।
त्यसैगरी लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको टोलीले बिराटनगर –१५ मा रहेको २ नम्बर ढाटबाट चौधरीलाई डाइलेक्स डिसी ३ बोतल र नाइट्रोसन एक सय ट्याब्लेटसहित पक्राउ गरेको हो ।
त्यसैगरी झापाको अर्जुनधारा चोकबाट खवासलाई ब्राउन सुगर १ ग्राम ५ सय मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।