रिक्सा भेटियो, रिक्सा चालक जीवन भेटिएनन्

न्युजलय ५ कार्तिक २०७८, शुक्रबार १२:११ मा प्रकाशित

इटहरी । सुन्दरहरैंचा घर भइ इटहरी बस्दै आएका ४३ वर्षिय जीवन पराजुली बेपत्ता भएका छन् । कार्तिक २ गते बेलुका ७ बजेदेखि सम्पर्कविहिन भएका उनको खोजीको लागि यतिखेर परिवारले हारगुहार गरिरहेको छ । 

सिटि सफारी चलाउँदै आएका पराजुलीको सफारी मोरङ्गको दुलारी चोक नजिक सडक मुनि सिटि रिक्सा भेटिएपनि जीवन नभेटिएको उनका दाई गोपालले बताए । 

इटहरीलगायत पुर्वी नेपालमा आएको बाढीसँगै जीवन हराएका हुन् ।