नेप्से घट्यो

न्युजलय ५ फाल्गुण २०८२, मङ्गलबार १०:१३ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।

आज ३५४ कम्पनीको दुइ करोड पाँच लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार २४ हजार ५५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।