अपर सोलु हाइड्रोको आइपिओ आउँदै

न्युजलय ८ बैशाख २०७९, बिहिबार ०९:१७ मा प्रकाशित

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपिओ जारी गर्न अनुमति पाएको छ। कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्ने भएको हो।

कम्पनीले आफ्नो कुल चुक्ता पुँजीको २४.५० प्रतिशत आइपिओ जारी गर्न  दिएको निवेदन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो। 

अपर सोलु हाइड्रोले पहिलो चरणमा स्थानीय र त्यसपछि अन्य सर्वसाधारणहरूको लागि सेयर जारी गर्ने भएको हो।कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। 

हाल कम्पनीले सोलुखुम्बु जिल्लामा २३.५ मेगावाटको सोलु एचइपी सञ्चालन गरिरहेको छ।