२०७८ मंसिर ०२ गते बिहिबारको राशिफल

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०६:५० मा प्रकाशित

मेष । आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । पुँजी बजार या शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ । मुद्दामामिलामा पनि विजयी भइनेछ ।

 

वृष । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

 

मिथुन । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । दीर्घकालिक योजना कार्यान्वयन हुने र त्यसबाट दूरगामी प्रतिफल प्राप्त हुनेछ ।

 

कर्कट । आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा भने धन खर्च हुनेछ ।

 

सिंह । आज आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शत्रुबाट छुटकारा मिल्नेछ । सन्तान सुख पनि हुनेछ ।

 

कन्या । आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा आउनसक्छ ।

 

तुला । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

 

वृश्चिक । आँटेको र ताकेको कार्यहरू पुरा होलान् । नयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवं अलङ्कार प्राप्ति हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।

 

धनु । आज कुनै कुराले मनमा शान्ति छाउला । कार्यमा सफलता पाइनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ । साथीभाइ तथा कुटुम्बको सहयोग मिल्नेछ ।

 

मकर । आज आत्मबल बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

 

कुम्भ । आज धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

 

मीन । आज महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कला र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सफल र रमाइलो यात्राको योग पनि रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।