काठमाडौँ । रास्वपा सांसद लालविक्रम थापाले सेरा खोलाको बाँध फुटेर इटहरीका बस्ती खतरामा परेकाले रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले तत्काल बाँधको मर्मत, जोखिमयुक्त ठाउँ पहिचान गर्दै बाढी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले शेरा खोलाको बाढी बजारतर्फ पस्यो भने इटहरीदेखि खनार हुँदै दुहबीतर्फको ठुलो जनधनको क्षति हुनसक्ने खतरा बढेको बताए । उनले इटहरी बर्सेनि बाढीमा डुब्ने गरेको भन्दै यतिवेला इटहरी आफ्नो अस्तित्व जोगाउन सरकारको प्रतीक्षा गरिरहेको समेत बताए ।