हेटौंडा । भारत सरकारले नेपाललाई फेरि १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) सहयोग उपलब्ध गराएको छ ।
बाढीपहिरोबाट अवरुद्ध भएको सडक सञ्जाललाई जोड्न ३८ करोड मुल्यका १० वटा बेलिब्रिज दिएको भारतले यसवर्ष पनि १० वटा बेलिब्रिज सहयोग गरेको हो ।
हेटौंडामा आज सडक डिभिजन कार्यालयमा भएको एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई बेलिब्रिज पुल हस्तान्तरण गरेका छन् ।
भौतिकमन्त्री घिसिङले ७० मिटर लामो १० वटा बेलिब्रिज उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिए ।