बढ्यो सुनको मूल्य

न्युजलय २४ माघ २०७८, सोमबार ०५:४१ मा प्रकाशित

 काठमाडौँ । सोमबार(आज) सुनको मूल्य बढेको छ ।  आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाले बढेको हो । 

आइतबार तोलाको ९२ हजार ५ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

 आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलाको १२ सय ५५ रुपैयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।