काठमाडौं । नेप्से परिसूचक मंगलबार ५.६० अंकले बढेको छ । नेप्से ०.२७ प्रतिशतले बढेर २०७१.७७ विन्दुमा बन्द भएको छ । आज चार अर्ब १८ करोड ७७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
१३ समूहमध्ये पाँचवटाको परिसूचक घटेको छ । परिसूच्क घट्नेमा वाणिज्य बैंक, फाइनान्स, निर्जीवन बिमा, ‘अन्य’ र व्यापार समूह छन् ।