फिलिपिन्समा ताइफु आँधीका कारण २२ जनाको मृत्यु

न्युजलय १० साउन २०८१, बिहिबार ११:२२ मा प्रकाशित

काठमाडौँ। गेईमी ताइफुको कारण आएको बाढी र पहिरोमा परेर फिलिपिन्समा २२ जनाको मृत्यु भएको छ । डुबेर वा पहिरोमा पुरिएर मृतकको सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन् । 

ताइफुको कारण ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ । २२० जना घाइते भएको खबर छ । ताइफुको प्रभावले त्यहाका न्यून तटीय क्षेत्र डुबानमा परेका थिए भने पहिरोका कारण घर र पसलहरूमा क्षति पुगेको छ ।

बिहीबार लगातार दोस्रो दिन पनि ताइवानमा विद्यालय र कार्यालयहरू बन्द भएका छन् । सर्वसाधारणलाई घरभित्रै बस्न र तटीय क्षेत्रबाट टाढा रहन भनिएको छ । ताइवान बेला बेलामा ताइफुको चपेटामा परिरहन्छ ।