घट्यो सुनको मूल्य

न्युजलय ७ पुस २०७८, बुधबार ११:३१ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य बुधबार(आज)  थप ४०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै घट्दै आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

तर, चाँदीको मूल्य भने मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि हुँदै आज एक हजार २४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।