काठमाडौं । सेयर बजार बुधबार २.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७८० अंकमा कायम भएको छ । बजार दिनभर नै सामान्य उतारचढावमा रह्यो ।
१४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब २६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७३ करोडको भयो ।