२०७८ साल कार्तिक ७ गते अाईतबार

इटहरीका प्रितम आचार्यको गीत ‘सरर’ सार्वजनिक

न्युजलय १९ असोज २०७८, मङ्गलबार १०:१७ मा प्रकाशित

 इटहरी । गायक प्रितम आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘सरर’ बोलको गीतमा मानश राजको शब्द तथा संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा बालकलाकारहरु सुज्यान रनपेहेली, दिक्षा ठकुरी, रिदेश बस्याल, स्टेसी आलेको अभिनय देख्न सकिन्छ । प्रशन्न घिमिरेले निर्देशन गरेको भिडियोमा डम्बर बहादुर राईको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

भिडियोलाई एमएमएस इन्टरटेनमेन्टले युट्युबमार्फत् सार्वजनिक गरेको हो ।