काठमाडौँ । आज नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ। नेप्से परिसूचक ११ दशमलव ६६ अंकले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो।
आज तीन सय २८ कम्पनीको दुई करोड १२ लाख छ हजार कित्ता शेयर एक लाख आठ हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार छ सय १२ मूल्य बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।