नेप्से परिसूचक ५९.६८ अङ्कले बढ्यो

न्युजलय ३ साउन २०८१, बिहिबार ०९:१९ मा प्रकाशित

 काठमाडौँ । बिहिबार शेयर बजारमा भारी अङ्कले बृद्धि भएको छ । 

आज शेयर बजार नेप्से परिसूचक ५९.६८ अङ्कले बढेर दुई हजार ४२४ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ तर, चार कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ४२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ३८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।