नायिका निरुता रियालिटी शोको निर्णायक

न्युजलय १० कार्तिक २०७८, बुधबार १२:०४ मा प्रकाशित

काठमाडौं । नायिका निरुता सिंह एक रियालिटी कार्यक्रममा निर्णायकको भूमिकामा देखिने भएकी छिन्। उनी लामो समयसम्म देशबाहिर रहेकी थिइन्।

एक साताअघि नेपाल आएकी निरुता कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘डान्स च्याम्पियनसिप’मा निर्णायकको भूमिकामा देखिन लागेकी हुन्।

इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्म्सले प्रस्तुत गरेको उक्त कार्यक्रम २५ कात्तिकबाट कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदै छ। कार्यक्रममा निरुतासँगै जगत रावल र आश्मा विश्वकर्मा निर्णायकको रुपमा रहेका छन्। 

डिजिटल अडिसन सकिएसकेको कार्यक्रमको मेगा अडिसन हुन लागेको बताइएको छ । निर्देशक गजित विष्टका अनुसार कार्यक्रम ३४ भागमा रहनेछ।

निरुताले आफू पहिलो पटक कुनै रियालिटी शोमा निर्णायकको भूमिका निभाउन पाउँदा निकै खुसी र उत्साहित भएको बताइन् ।