सुनसरी । बिभागीय टिम त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्र्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा बुधबार राती सम्पन्न पहिलो सेमीफाइनल खेलमा साबिक बिजेता सगरमाथा क्लब मोरङमाथी पेनाल्टी सुटआउटमा २–१ गोलको जीत हात पार्दै आर्मी उपाधी नजिक पगेको हो । निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेलेपछी खेलको निर्णय सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
आर्मीको जीताउन गोलकिपर बिकेश कुथुले सगरमाथाको ३ वटा प्रहारलाई बिफल तुल्याए । उनले बिजय भुजेल, स्टेफन समिर बिनोङ र प्रिसोको प्रहार रोकेका थिए । दिवारकर चौधरीको प्रहार भने गोलमा परिणत भएको थियो । बिमल घर्तीमगरको प्रहार आकाशिएको थियो । आर्मीका फत्तेमान घले र रिपु भुलानले गोल गरे । नवयुग श्रेष्ठको प्रहार बारमा लागेर बाहिरिएको थियो । जीतेन्द्र कार्कीको प्रहार सगरमाथाका गोलकिपर प्रिसोले रोके ।
बुधबारको खेलको म्यान अफद म्याच गोलकिपर कुथु घोषित हुदै नगद १० हजार पाए । बिहिबारको अन्तिम सेमिफाइनल खेल गत बर्षको उपबिजेता चर्च ब्वाईज युनाइटेड काठमाण्डौ र आयोजक राष्टिय जागृती क्लबबिच प्रतिष्पर्धा हुनेछ । आयोजक पाहुना टोली कञ्चनजंगा फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पगेको हो भने चर्च ब्वाइजले न्युरोड टिम एनआरटीलाई पराजित गर्दै आयोजकसंगको सेमिफाइनल भिडन्त पक्का गरेको थियो । शनिबार हुने फाइनल खेलको बिजेताले नगद १० लाख रुपैया र उपबिजेताले ५ लाख रुपैयामा पाउनेछ ।