काठमाडौँ । एशिया कप अन्तर्गत समुह बी को खेलमा बंगलादेशले अफगानिस्तानलाई ८९ रनले पराजित गरेको छ ।
बंगालदेशले दिएको ३३५ रनको लक्ष्य पछाएको अफगानिस्तान ४४।३ ओभरमा अल आउट हुदै २४५ रन बनाएपछि बंगलादेश ८९ रनले विजयी भएको हो ।
अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्बाधिक ७५ रन बनाए भने कप्तान हाशमतुल्लाह शाहिदीले ५१ रन बनाएका थिए । त्यस्तै रहमत शाहले ३३ रन बनाएका थिए भने राशिद खानले २४ रन बनाएका थिए ।
यसअघि पाकिस्तानको लाहोरमा जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ५ विकेट गुमाएर ३३४ रन बनाएको थियो ।
यो सँगै एशिया कपको समुह बि मा बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक हासिल गरेको छ । त्यस्तै अफगानिस्तानले पहिलो खेलमा हार बेहोरेको छ ।
अब यस समुहबाट सुपर चारमा पुग्ने टिमको टुंगो श्रीलंका र अफगानिस्तानबीचको खेलबाट लाग्ने भएको छ । यो खेल मंगलबार पाकिस्तानको लाहोरमा हुने छ ।