नेप्सेमा ३२ अंकको सुधार

न्युजलय ६ माघ २०७८, बिहिबार ०९:३१ मा प्रकाशित

काठमाडौं ।  बिहिबार (आज) नेप्सेमा ३२ अंकको सुधार आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३२.९६ अंकले बढ्दै २९ सय ३१.२६ विन्दुमा उक्लिएको हो । 

आज ३२ अंक माथिले नेप्से सूचक उकालो लागिराख्दा कारोबार भने गत बुधबारको भन्दा पनि तल झरेको छ ।

साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन ३२ अंक बढेको बजारमा जम्मा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । 

आज दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने झण्डै दर्जन हाराहारीका कम्पनीहरुको सेयर मूल्य ६ प्रतिशत माथिले बढेको छ ।