नेप्से १६.९५ अंकले घट्यो

न्युजलय १८ चैत २०८१, मङ्गलबार ०४:०० मा प्रकाशित

काठमाडौं । मंगलबार सेयर बजार घटेको छ ।  आज  सेयर बजार परिसूचक नेप्से १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा पुगेर रोकिएको छ ।

तर, आज झन्डै पौने ६ अर्बको सेयर किनबेच भएको छ । जसअनुसार कुल १ करोड ६ लाख कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार भने ५ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा ४२ वटा कम्पनीको सेयर बढ्दा २०१ वटा कम्पनीको घट्न पुगेका छन् ।