बढ्यो सुनको मूल्य

न्युजलय १९ असोज २०७८, मङ्गलबार १०:३८ मा प्रकाशित

 काठमाडौं । मंगलवार(आज) सुनको मूल्य बढेको छ । सोमवार स्थिर रहेको सुनको भाउ मंगलवार ५०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९० हजार ३०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८०० मा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ८५० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार प्रतितोला १ हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।