मन्त्री झाँक्री अस्पतालबाट डिस्चार्ज, केही दिन भेटघाट बन्द

न्युजलय १८ कार्तिक २०७८, बिहिबार ०७:५९ मा प्रकाशित

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पतलबाट डिस्चार्ज भएकी छन् । निमोनियाका कारण एक हप्ता अघि वीर अस्पताल भर्ना भएकी मन्त्री झाँक्री बुधबार राति डिस्चार्ज भएकी हुन् । उनले सामाजिक संजाल फेसबुकमा आफू डिस्चार्ज भएको जानकारीसमेत दिएकी छन् ।


उनले आफ्नो उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, मेरा सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारी मित्रहरू, लगायत स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण आफन्तजन एवम् साथीभाईहरुप्रति आभार प्रकट गरेकी छन्


चिकित्सकले आफूलाई संक्रमणको उच्च जोखिम कायम रहेको सल्लाह दिएको बताउँदै केही दिन भेटघाट गर्न नसक्ने उनले जानकारी दिइन् ।