राष्ट्र बैंकद्वारा नयाँ नोट चलनचल्तीमा

न्युजलय १२ मङ्सिर २०८२, बिहिबार १२:१७ मा प्रकाशित

विराटनगर । नेपालमा बिहीबारदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । 

नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकले यसअघि ०७६ असोज ७ गतेदेखि रूपैयाँ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको थियो । 

यस पटकको नयाँ नोटमा संसदबाट पास भएको नेपालको नयाँ नक्सा समेत राखिएको छ ।