बढ्यो सुनको मूल्य

न्युजलय २४ कार्तिक २०७८, बुधबार ११:१७ मा प्रकाशित

काठमाडौं । बुधबार (आज) सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको बताएको हो ।

महासंघले आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार २०० रुपैयाँ तोकेको छ । 

यसैगरी, आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको महासंघले बताएको छ ।