विदेशमा समेत फोनपेबाटै भुक्तानी गर्ने तयारी

न्युजलय ११ चैत २०७८, शुक्रबार ०२:२५ मा प्रकाशित

काठमाडौं । फोन पेलाई विदेशमा समेत भुक्तानी सेवाको लागी प्रयोग गर्न सकिने सेवा चाँडै शुरू हुने भएको छ । पहिलो चरणमा विदेशी डिजिटल भुक्तानी माध्यमहरूलाई फोन पेको संजालमार्फत् नेपालभित्र भुक्तानीको लागी जोडेको फोन पेले दोश्रो चरणमा सीमापार सेवा शुरू गर्न लागेको हो ।


फोन पेको प्रवर्द्धक संस्था एफ वा सफ्टका अध्यक्ष विश्वास ढकालका अनुसार, नेपाली प्रयोगकर्तालाई फोनपे मार्फत विदेशमा भुक्तानी गर्न सक्षम बनाउनु भावी कदम हो । आफ्ना भारतीय समकक्षी र भिसासँग यस सम्बन्धमा काम गरिरहेको उनले बताए । साथै चाँडै अन्तर्राष्ट्रिय सेवा शुरु गर्ने पनि उनले बताए । 


फोन पेको माध्यमबाट चीनको यूनियन पे, अलिपे, भारतको राष्ट्रिय भुक्तानी संस्थान, भिसा लगायत ६२ वटा भुक्तानी साझेदारलाइ नेपालमा भुक्तानी कारोबार गर्न संभव बनाएको छ । फोन पे एक अन्तरक्रियात्मक संजाल हो, जसले बैंक तथा भुक्तानी सेवा प्रदायकबीच संजाल स्थापनामा सेतुको रूपमा सेवा प्रदान गरिरहेको छ ।