काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । बुधबार २.११ अंकले बढ्दै नेप्से सूचक २९ सय ६८.४४ विन्दुमा उक्लिएको हो ।
आइतबार नेप्से सूचक ३४.४७ अंकले घट्दै २९ सय ६६.३३ विन्दुमा झरेको थियो ।
आइतबार २८ अर्ब २७ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम भने झण्डै १० अर्ब रुपैयाँले घट्दै १८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको मात्र भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
बुधबार सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ६६ करोड २ लाख ३९ हजार ५७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको ४५ करोड ७८ लाख १८ हजार रुपैयाँ र एभरेष्ट बैंकको ४५ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
बुधबार एक सय वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको मूल्य घटेको छ । चार वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।