२०७८ साल माघ ६ गते बिहिबार

गायक यम बरालले गरे सुटुक्क दोस्रो बिहे

न्युजलय २८ पुस २०७८, बुधबार ०७:०७ मा प्रकाशित
काठमाडौं । गायक यम बरालले दोस्रो बिहे गरेका छन् । आकृति राणासँग पहिलो विवाह गरेका बराल र राणाको १० वर्षअघि सम्बन्ध विच्छेद भएको थियो । 

बरालले कांग्रेस नेतृसमेत रहेकी गीता शिवाकोटी (गीताञ्जली शर्मा)सँग गत मंसिरमा बिहे गरेका हुन् । बरालले गीतासँग बिहे गरे पनि गुपचुपमा राखेका थिए । 

गीता नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । उनले निर्वाचनमा जित भने हासिल गर्न सकिनन् । 

बराल र शिवाकोटीले बेहुला बेहुला रुपमा नाचगान गरेको भिडियो उनीहरुकै एक आफन्तले सार्वजनिक गरेपछि उनीहरुको विवाहको समाचार बाहिरिएको हो ।