काठमाडौं । मंगलबार(आज) छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बढेको छ ।
छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पुगेको छ। हिजो प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० कायम भएको छ। जसको मूल्य सोमबार प्रतितोला ९३ हजार तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ ले घटेर प्रतितोला एक हजार ३०० तोकिएको छ।